भारतीय वायुसेनाको विमान दुर्घटना

डिसी नेपाल
२६ वैशाख २०७७ १२:४९

काठमाडौं। भारतीय वायुसेनाको एउटा लडाकू विमान दुर्घटना भएको छ । इण्डिया टुडेका अनुसार जहाज आज बिहान पंजाबमा दुर्घटना भएको हो । नवांशहर जिल्लाको चुहाडपुरमा शुक्रबार मिग २९ लडाकू विमान दुर्घटना भएको हो ।

पाइलटले विमान दुर्घटना हुनुभन्दा पहिल्यै आफूलाई इजेक्ट गरेर ज्यान बचाएका छन् । पाइलट एमके पांडेटको हालत गम्भीर रहेको समाचारमा जनाइएको छ । उनको सिभिल अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *