बलात्कार गर्न ५० रुपैयाँ केस मिलाउन १० लाख !

डिसी नेपाल
२६ वैशाख २०७७ १६:१८

काठमाडौं। १५ वर्षकी किशोरी बलात्कार गर्ने ६८ वर्षका एक वृद्धले पछि केस मिलाउनको लागि परिवारलाई १० लाख रुपैयाँ दिएको पाइएको छ । ती वृद्धले किशोरीलाई बलात्कारको लागि फकाउन ५० रुपैयाँ दिएका थिए । प्रहरीले ती वृद्धलाई पक्राउ गरेको छ ।

कञ्चनपुरको जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाका तारादत्त जोशी पक्राउ परेका हुन् । पीडित परिवारले वृद्धले घटना सार्वजनिक नगर्न भन्दै पीडित परिवारलाई दिएको १० लाखको चेकसमेत पीडित परिवारले प्रहरीलाई बुझाएका छन् । प्रहरीले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । घटना वैशाख २ गतेको भए पनि प्रहरीसम्म पुग्दा भने ढिलो भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *