यो साता शुभै शुभ छ यी ८ राशिको भाग्य, तपाईको राशि कुन ?
आज बैशाख २७ गते देखि जेष्ठ २ गतेसम्म (यो साता) ८ राशिका लागि समग्रमा शुभ देखिन्छ । अय राशिका लागि मध्यम र केही राशिका लागि अशुभ पनि रहेको छ ।
मेष :
कर्मचारी वर्गले गोपनियता तथा आर्थिक कारोबारमा सचेतता अपनाउनु पर्नेछ । आलोचना गर्नेहरू बढी नै हुने भए तापनि तपाईंका दृढताले पराजय सामना गर्नुपर्ने छैन ।
वृष :
मित्रहरूबाट नौलो किसिमका प्रस्तावहरू आउनेछन् । सकारात्मक रूपमा लिनुहोला ।
मिथुन :
इष्र्या गर्नेहरूपछि लागेको अवस्था छ भविष्यका लागि विशेष कार्यमा जग बसाउन सकिनेछ । बन्न लागेका कार्यहरू ओझेलमा पर्नेछन्।
कर्कट :
कुनै क्षेत्रबाट पनि आकस्मिक लाभ हुने छैन । पारिवारिक योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ । परिचित मित्रबाट समेत सहयोग नपाइएला ।
सिंह :
योजनाहरू आंशिक रूपमा कार्यान्वयन हुनेछ । मनको उत्साह भयमा परिणत हुन सक्नेछ । मानसिक दुर्बलता देखा पर्न सक्छ ।
कन्या :
प्रशंसाकहरूले आलोचना गर्न सक्छन् । कम बोल्दा आफू सुरक्षित भइनेछ । आफूले चालेका महत्वपूर्ण कार्यहरू ओझेलमा पर्नाले मनमा चोट पर्न सक्छ ।
तुला:
समाजसेवा तथा परोपकारी कार्य गर्दा धेरैको मन जित्न सकिनेछ । प्रतिष्ठा जोगाउन अरूका लागि समय धन तथा बुद्धि खर्चनु पर्नेछ ।
वृश्चिक :
परोपकारी भावनाले गरिएका सामाजिक प्रयासहरूले चौतर्फी प्रतिष्ठा बढाउनेछ । गणेश भगवानको आरधाना गर्न सके मन विचल्लित हुने छैन ।
धनु :
समयले साथ नदिँदा पछि परिनेछ । मेहनतले सफलता दिलाउन सक्छ । प्रतिकूल अवस्थामा पूर्वयोजना कार्यान्वयन नगर्दा नै उपयुक्त हुनेछ ।
मकर :
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विपन्न आर्थिक समुदायमाझ सहयोगी भूमिका निर्वाह गर्दा आफ्नो परिचय चर्चित बनाउन सकिनेछ ।
कुम्भ :
पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउँदै प्रतिष्ठा दिलाउन सक्छ । प्रतिकूल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्त भेटिनेछन् ।
मीन :
आर्थिक सन्तुलन गडबड हुँदा प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन् । बोलीको मघुरताले बिग्रिएका सम्बन्धलाई सहयोग गर्नेछ।
भिडियोमा हेर्नुहोस् साताको पूरा राशिफल
Facebook Comment