विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो, १३ लाख ८२ हजारबढी निको (तालिका)

डिसी नेपाल
२७ वैशाख २०७७ ६:३७

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट ४० लाख बढी मानिस कोरोना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म विश्वभर ४०) लाख १० हजार ६११ जना संक्र्रमित भएका हुन् ।

विश्वका २१२ देश र दुईवटा पानी जहाजमा फैलिएको कोरोनाबाट संक्रमित मध्ये १३ लाख ८२ हजार ३४४ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । र, संक्रमित भएका मध्ये २ लाख ७५ हजार ९६२ संक्रमितको ज्यान गएको वल्डोमिटरले जनाएको छ।

पछिल्लो २४ घण्टामा विश्वभर ९६ हजार ९६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने संक्रमितमध्ये ५ हजार ५३६ जना संक्रमितको ज्यान गएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै मानिस अमेरिकामा संक्रमित भएका छन् । हालसम्म अमेरिकामा १३ लाख २१ हजार ६६६ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये ७८ हजार ५९९ जना संक्रमितको ज्यान गएको छ ।

अमेरिकामा हालसम्म २ लाख २३ हजार ५७८ संक्रमितको उपचार सफल भइसकेको छ ।

यस्तो २१२ देशको कोरोना अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *