रहस्यमय भयो काठमाडौंमा चिनियाँ तमासा
काठमाडौं। बिहीबार अकस्मात् ३० जनाजति चिनियाँ नागरिकहरु सिंहदरबार अगाडि प्रकट भए हातमा प्ले कार्ड बोकेर। अधिकांश सुगठित शरीर भएका ती चिनियाँ नागरिकहरु भद्रकालीदेखि नै ठेलिँदै ठेलिँदै सिंहदरवारको पूर्वी ढोकामा पुगेका थिए।
उनीहरुको माग स्वदेश फर्किन पाऊँ भन्ने थियो। चिनियाँ दूतावास नगएर उनीहरु सिंहदरबारतिर ढुंगा हान्न पुगेका थिए। तर, नेपालले उनीहरुलाई गरिदिनु पर्ने के? त्यो खुलाएनन् उनीहरुले। केवल देश फर्किन पाऊँ भनिरहे। के यी आन्दोलनकारी चिनियाँले सिंहदरबारमा बल देखाउँदा चीन फर्किन पाउँछन्?
आफ्नै लाखौं नागरिकहरु खाडी मुलुक र अन्य विदेशी भूमिमा गाँस बासकै समस्याले अलपत्र परिरहेका छन् तर नेपालले उद्धार गर्न सकेको छैन। तर, संसारभर भएका चिनियाँ नागरिकहरु यदि कतै अड्किएका छन् भने तिनलाई आफ्नो देश फर्काउन चीनले कुनै कसर बाँकी राखेको छैन।
आफ्ना नागरिक अपराधी नै भए पनि अर्काको देशको कानूनको पञ्जाबाट छुटाएर स्वदेश लैजाने चीनका लागि यी जम्मा ३० जना आफ्ना नागरिकहरु कसरी घाँडो हुन पुगे र विदेशमा विरोध प्रदर्शनमा उतारिए? भन्ने प्रश्नको उत्तर आउन सकेको छैन ।
विशेष विमानहरु पठाएर चिनियाँहरु फिर्ता गराइएका छन्। नेपालमा के विशेष थियो र यी चिनियाँ यहाँ अड्काइएका थिए? केही महिनाअघिको मात्र कुरा हो, राजधानी काठमाडौंका मुख्य चोकहरुमा डेरा जमाएर बसेका चिनियाँहरु झ्याप झ्याप पक्राउ गर्दै विशेष विमानमा हालेर बेइजिंग पुर्याइएका थिए।
पुुस ७ गते चिनियाँ सुरक्षा अधिकारीहरुसमेत नेपाल आई उनीहरुकै अनुसन्धानका आधारमा १ सय २२ जना चिनियाँहरु पक्राउ गरिए। बुढानिलकण्ठ, मनमैंजु र बाँसबारीका घरहरुमा छापामारी नेपाल प्रहरीले ती चिनियाँ समातेर नेपालमा साइवर अपराधमा मुद्धा चल्ने अवस्था हुँदा हुँदै चिनियाँ दबावमा उनीहरुलाई चीनको जिम्मा लगाएको थियो।
आफ्ना नागरिक अपराधी नै भए पनि अर्काको देशको कानूनको पञ्जाबाट छुटाएर स्वदेश लैजाने चीनका लागि यी जम्मा ३० जना आफ्ना नागरिकहरु कसरी घाँडो हुन पुगे र विदेशमा विरोध प्रदर्शनमा उतारिए? भन्ने प्रश्नको उत्तर आउन सकेको छैन ।
नेपालको तरल राजनीतिक अवस्थामा यो कुनै राजनीतिक कदमको शुरुवात त होइन जसले गर्दा चीनलाई आक्रामकरुपमा नेपालमा उपस्थिति देखाउन बाटो खोलिदेओस्? हजारौं लाखौंको संख्यामा नेपालमा भएका भारतीय नागरिकहरुले समेत जुलुस प्रदर्शनको हिम्मत नगरेका बेला यी चिनियाँको विदेशी भूमिमा गरेको प्रदर्शनले दिने सन्देशको तस्वीर स्पष्ट भइसकेको छैन।
In this difficult time, all of us have to understand each other’s problems. Bring loves for everyone, try to solve our problems. We r human and want HAPPINESS and no voilance. Sometimes, our actions to solve may not be right but the smart persons please act fast to stop getting things to worst. Ur problem is mine.