निषेधित क्षेत्रमा चिनियाँ नागरिकको प्रदर्शन शंकास्पद : अध्यक्ष थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निषेधित क्षेत्र सिंहदरबार अगाडि प्रदर्शन र प्रहरीलाई आक्रामण गर्ने चिनियाँ नागरिकको गतिविधि शंकास्पद र रहस्यमय भएको बताएका छन्।
अध्यक्ष थापाले सामाजिक सजाल ट्विटरमा ट्विट गर्दै यदि चिनियाँ नागरिकले घर जान चाहेको भए चिनियाँ दूतावासमा प्रदर्शन गर्नुपर्ने तर त्यसो नगरेर निषेधित क्षेत्र सिंहदरबार अगागि प्रदर्शन गर्दै प्रहरीमाथि नै आक्रमण गर्नु रहस्यमय र शंकास्पद भएको थापाले उल्लेख गरेका छन्।
निषेधितक्षेत्र सिहंदरवार अघि प्रदर्शन र प्रहरीलाई आक्रमणगर्ने चिनियाँहरुको कार्य शंकास्पद/रहस्यमय छ।घरजान चाहेको भए चिनियाँ दुतावास अघि प्रदर्शन गर्नुपर्थ्यो।फर्कनचाहने बिदेशीलाई नेपालले रोकेको छैन।विमान चार्टर गरेर विभिन्न देशले आफ्ना नागरिक लगेका छन्।यसवारे सरकारले छानबिन गरोस् pic.twitter.com/H9jBXLBxbb
— Kamal Thapa (@KTnepal) May 9, 2020
उनले आफ्नो मुलुक फर्किन चाहनेलाई नेपाल सरकारले नरोकेको भन्दै थापाले विमान चार्टर गरेर विभिन्न मुलुकले आफ्ना नागरिक लगिरहेका भन्दै चिनियाँ नागरिकले शुक्रबार गरेको प्रदर्शनका विषयमा सरकारले छानीवन गर्नुपर्ने माग गरेका छन्।
थापाले लखेका छन् : ” निषेधितक्षेत्र सिहंदरवार अघि प्रदर्शन र प्रहरीलाई आक्रमणगर्ने चिनियाँहरुको कार्य शंकास्पद/रहस्यमय छ।घरजान चाहेको भए चिनियाँ दुतावास अघि प्रदर्शन गर्नुपर्थ्यो।फर्कनचाहने बिदेशीलाई नेपालले रोकेको छैन।विमान चार्टर गरेर विभिन्न देशले आफ्ना नागरिक लगेका छन्।यसवारे सरकारले छानबिन गरोस् “
Facebook Comment