नेपालगञ्जका धार्मिकस्थलमा प्रशासनको निगरानी

डिसी नेपाल
२७ वैशाख २०७७ २२:४८

राँझा । नेपालगञ्जमा २४ जनामा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले बाँकेका धार्मिक स्थलमा निगरानी बढाएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज कोहलपुर क्षेत्रभित्र रहेका विभिन्न धार्मिकस्थलको अनुगमन गरी निगरानी बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

उनका अनुसार कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि उच्च सतर्कता अपनाउँदै धार्मिकस्थलमा निगरानी थालिएको हो । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको नेतृत्वमा मन्दिर, मस्जिद र चर्चको अनुगमन गरिएको छ । कोहलपुर – १२ चपरगौडीमा रहेको रामजानकी राधाकृष्ण गुरुकुल र वडा नं ६ मा रहेको आनन्द एजी मण्डली चर्चका अवस्थाका बारेमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा रामजानकी राधाकृष्ण गुरुकुलमा १५ विद्यार्थी र चार शिक्षक गरी १९ जनालाई कोरोना सङ्क्रमण र यसबाट बच्चे उपायबारेमा परामर्श गरिएको थियो । आनन्द एजी मण्डली चर्च सञ्चालनमा नआएको भेटिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *