शनिबार अहिलेसम्मकै धेरै संक्रमितको उपचार सफल, अमेरिकामा मात्रै साढे १४ हजार निकाे (तालिका)

डिसी नेपाल
२८ वैशाख २०७७ ७:४२

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड १९) का सबैभन्दा धेरै संक्रमित उपचारपछि घर फर्किएका छन् ।

शनिबार विश्वका ५९ हजार १३० जना संक्रमित उपचारपछि घर फर्किएका हुन् । २४ घण्टामा निको भएर फर्किनेको संख्या यो अहिलेसम्मकै धेरै हो ।

यो सँगै विश्वभर कोरोना निको हुनेको संख्या १४ लाख ४१ हजार ४७४ पुगेको वल्डोमिटरले जनाएको छ।

विश्वमै सबैभन्दा धेरै मानिस १३ लाख ४७ हजार ३०९ जना संक्रमित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा १४ हजार ५०० जना संक्रमितको उपचार सफल भएको छ । यो सँगै अमेरिकामा कोरोना निको हुनेको संख्या २ लाख ३८ हजार ७८ पुगेको छ ।

यस्तै १०९ जना कोरोना संक्रमित फेला परेको नेपालमा हालसम्म ३१ जनाको उपचार सफल भइसकेको र अन्यको अवस्थामा सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विश्वका २१२ देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसको महामारीबाट हालसम्म २ लाख ८० हजार ४३१ संक्रमितको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ४१ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यस्तो छ २१२ देशमा कोरोना अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *