नेपालमा थप एक जनामा कोरोना पुष्टि
काठमाडौँ । नेपालमा थप १ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयएका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले पुष्टि गरेका छन् ।
अधिकारीका अनुसार, उदयपुरको भूल्केकी एक ४३ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
शनिबार पनि भुल्केमा १८, ४५ र ६५ वर्षीया महिलाहरुमा कोरोना पुष्टि भएको थियो ।
आज एक जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ। संक्रमित मध्ये ३१ जना उपचारपछि घर फर्किसकेका छन्
प्रतिक्रिया
Facebook Comment