अमेरिकामा रहस्यमय र दुर्लभ लक्षण देखिएर बच्चाहरुको मृत्यु हुन थाल्यो, कोरोनाको आशंका

डिसी नेपाल
२८ वैशाख २०७७ ८:५०

न्यूयोर्क (रोयटर्स)। अमेरिकाको न्यूयोर्कमा जुन दुर्लभ लक्षण देखिएर बालबालिकाको मृत्यु भइरहेको छ यसबारे अब नयाँ जानकारी प्रकाशमा आएको छ । अधिकारीहरुलाई बालबालिकामा यो लक्षण कोरोनाभाइरसका कारण देखिएको आशंका छ । यदि यो आशंका सत्य भएमा अमेरिकामा कोरोनाभाइरस र बालबालिकाको सम्बन्धमा नयाँ संकट उत्पन्न हुन सक्नेछ । अहिलेसम्म यो रहस्यमय लक्षणबाट ३ बालबालिकाको मृत्यु भएको छ ।

न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले यो दुर्लभ सिन्ड्रोमका नयाँ लक्षणहरुले महामारीका कारण बालबालिकाको सुरक्षालाई लिएर चिन्ता बढाएको बताएका छन् । अहिलेसम्म कोरोनाभाइरसका कारण हुने श्वास प्रश्वाससम्बन्धी समस्यासँग लड्न बालबालिका धेरै हदसम्म सक्षम भएको मानिएको थियो । गभर्नर कुओमोका अनुसार स्वास्थ्य अधिकारीहरुले यस्ता ७३ केस भेटेका छन् जहाँ कोरोना संक्रमित बालबालिकामा यो दुर्लभ न्ड्रिोमका लक्षण देखिएका छन् ।

यो रहस्यमय सिन्ड्रोमका लक्षण टक्सिक शक र कावााकी रोगसँग मिल्दोजुल्दो छन् । यो सिन्ड्रोममा बालबालिकालाई ज्वरो आउँछ, छालामा निशान पर्छन् र ग्रन्थीहरु सुन्निन्छन् । गम्भीर केसहरुमा मुटुका धमनीहरु पनि सुन्निन्छन् । कुओमोका अनुसार यी बालबालिकाहरु कोरोना वा एन्टिबडी टेस्टमा पोजेटिभ पाइएका थिए तर जब उनीहरुलाई अस्पताल ल्याइएको थियो त्यतिबेला सिन्ड्रोमका लक्षण थिएनन् ।

गभर्नर कुओमोका अनुसार यो सिन्ड्रोम र कोरोनाभाइरसको बीच कुनै सम्बन्ध छ कि छैन भन्ने अहिल्यै भन्न सकिने अवस्था छैन तर यी केसहरुले चिन्ता बढाएका छन् । अहिले स्वास्थ्य अधिकारीहरु यसका कारण पत्ता लगाउन प्रयास गरिरहेका छन् । यो सिन्ड्रोम पहिले बेलायत इटली र स्पेनमा देखिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *