चीनमा फेरि बढ्यो कोरोना संक्रमण, भारतमा २४ घण्टामा ११६ को मृत्यु

डिसी नेपाल
२८ वैशाख २०७७ ९:२०

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनमा फेरि कोरोनाको संक्रमण बढेको छ । शनिबार चीनमा एकै दिन १४ जना कोरोना संक्रमित फेला परेका छन् ।

लामो समयको लकडाउनपछि खुलेको चीनमा शनिबार यी संक्रमित फेला परेका हुन् । यसअघि शुक्रबार चीनमा १ जना संक्रमित फेला परेका थिए ।

पछिल्लो समय संक्रमित नदेखिएको चीनमा अहिले २०८ जना पूराना संक्रमितको उपचार जारी छ । जसमध्ये १५ जना गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।

यस्तै, छिमेकी मुलुक भारतमा पनि कोरोनाको महामारी व्यापक रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ११६ जना संक्रमितको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १०१ पुगेको छ ।

यस्तै, भारतमा शनिबार मात्रै ३ हजार ११३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो सँगै भारतमा कोारेना संक्रमितको संख्या ६२ हजार ८०८ पुगेको छ । संक्रमितमध्ये १९ हजार ३ं०१ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *