भारतीय सेनापतिको नेपाल भ्रमण रद्ध, मानार्थ सेनापतिको फूलीमाथि नै प्रश्न
काठमाडौं। भारतीय सेनाका नयाँ सेनापति मनोज मुकुन्द नरभनेको नेपाल भ्रमण तत्कालका लागि रद्ध भएको छ। सेनापति नरभने यही मे महिनाको पहिलो १५ दिनभित्र नै नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको थियो।
उच्च सैनिक सूत्रले भारतीय सेनापतिको भ्रमण मिति डिसी नेपाललाई दिन अस्वीकार गरे पनि अचानक विकसित परिस्थितिलाई मध्यनजर गर्दै उनको भ्रमण तत्कालका लागि स्थगित भएको जानकारी दियो।
भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक मिचेर भारतीय सेनाले चीन जोड्ने बाटो बनाएको कुरा सार्वजानिक गरेपछि नेपाल र भारतकाबीच सीमा विवाद नयाँ चरणमा प्रवेश गरेको छ।
भारतले जवर्जस्ती नेपाली भूमि मिच्दै आएको कुराले नेपालभित्र भारतका बिरुद्ध तीब्र असन्तोषपूर्ण प्रतिक्रियाहरु प्रकट हुन थालेकै अवस्थामा सेनापति नरभनेको भ्रमण स्थगित भएको कुरा सार्वजानिक भएको हो।
नेपाललाई दिन अस्वीकार गरे पनि अचानक विकसित परिस्थितिलाई मध्यनजर गर्दै उनको भ्रमण तत्कालका लागि स्थगित भएको जानकारी दियो। भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक मिचेर भारतीय सेनाले चीन जोड्ने बाटो बनाएको कुरा सार्वजानिक गरेपछि नेपाल र भारतकाबीच सीमा विवाद नयाँ चरणमा प्रवेश गरेको छ।
तर, कसको पक्षबाट भ्रमण स्थगित गर्न प्रस्ताव गरियो भन्ने कुरा भने खुलेको छैन। ‘यसैपनि भारत र नेपालमा कोरोना माहामारीका कारण लकडाउनको अवस्था छ त्यसमाथि अप्रत्यासितरुपले भारतले सीमा मिचेर जवर्जस्ती गरेको कुरा सार्वजानिक भएकाले नेपालको मन दुखेको छ’, सैनिक स्रोतले भन्यो, ‘यस्तो अवस्थामा भ्रमण उपलब्धीमुलुक हुनसक्ने सम्भावना कम हुन्छ।’
किन दिने मानार्थ सेनापति ?
नेपाल र भारतबीच परम्परादेखि नै जो सेनापति भए पनि एकअर्को देशको भ्रमण गरी त्यो देशको मानार्थ सेनापतिको उपाधि लिई फूली लगाउने चलन चल्दै आएको छ। नेपालका सेनापति पूर्णचन्द्र थापाले यसअघि नै भारत भ्रमण गरेर भारतीय सेनाको मानार्थ महारथी को सम्मान ग्रहण गरिसकेका छन्।
तर, लिपुलेकमा भारतीय सेनाले नै नेतृत्व गरेर नेपाली सीमा मिच्दै बाटो बनाएको कुरा सार्वजानिक भएपछि भारतीय सेनापतिलाई नेपाली सेनाको मनार्थ सेनापति किन दिने भन्ने प्रश्न पनि उठ्न थालेको छ। नेपाली सेनाको मानार्थ महारथी बन्ने अनि नेपालकै भूमिमाथि अक्रिमण गर्ने हो भने त्यो सम्मान दिनु कर्मकाण्डीमात्र हुन्छ, त्यस्तो सम्मान दिनुको औचित्य रहंँदैन भन्ने तर्कहरु प्रस्तुत हुन थालेका छन्।
कसरी चित्त बुझाउने हजारौं गोर्खा सैनिकलाई ?
भारतको सीमा रक्षामा खटिने नेपाली बीर लडाकुहरुको फौज भारतीय गोर्खा फौजका हजारौं हजार नेपालीहरुलाई बारम्बार नेपालमाथि हुने थिचोमिचोले उद्धेलित र चिन्तित बनाउने गरेको बताइएको छ। सन् २०१५ मा नेपालमाथि नाकाबन्दी लगाउँदा पनि यस्तै प्रश्न भारतको सेनाभित्र उठेको थियो।
सैनिक स्रोतका अनुसार, बीसौं हजारको संख्यामा गोर्खा फौजका नाममा नेपालीहरु भारतीय सेनामा कार्यरत छन् भने भारतका अन्य सुरक्षा फौजहरुमा काम गर्ने नेपाली र नेपाली भाषीहरुको संख्या ३० हजारको हाराहारीमा छ।
भारतभित्र रहेको यत्रो ठूलो नेपाली र नेपाली भाषी फौज नेपालमाथि अतिक्रमण हुँदा वा नाकाबन्दी हुँदा चिन्तित हुने गर्छ र फौज चिन्तित हुने अवस्था आउनु कुनै पनि मुलुकका लागि सुखद हुन सक्दैन।
भारतीय नाकाबन्दीताका यही गोर्खा फौजको प्रत्यक्ष अप्रत्यक्ष दवावका कारण तत्कालीन भारतीय सेनाका सेनापति दलबीर सिंहले भारत सरकारलाई नाकाबन्दी हटाउन भारत सरकारलाई दवाव दिएका थिए। जुन कुरा नेपाली र भारतीय मिडियामा समेत त्यही बेला सार्वजानिक भइसकेको थियो।
अहिले पनि लिपुलेकमा भारतीय हस्तक्षेप हुँदा भारतमा रहेको सो बर्ग चिन्तित हुनेमात्र होइन, असन्तुष्ट पनि हुने कुरा नजरअन्दाज गर्न सकिने विषय होइन। किनकि, अतिक्रमित भूमि र आसपासका क्षेत्रबाट नै भारतीय सेनामा भर्ती हुन जाने नेपालीहरुको संख्या निकै छ ।
Facebook Comment