कोरोनाभाइरसः १८ सेप्टेम्बर २०१९ मा चीनमा के भएको थियो ? आश्चर्यजनक खुलासा
काठमाडौं। यो घटना १८ सेप्टेम्बर २०१९ को हो । दिउँसो वुहानको तिआन्हे विमानस्थलको कस्टम कार्यालयमा एउटा आकस्मिक सन्देश आयो । सन्देशमा भनिएको थियो – अवतरण गर्न लागेको विमानमा एक जना यात्रु बिरामी छन् र उनलाई सास फेर्न समस्या भइरहेको छ । त्यसपछि विमानस्थलका कर्मचारी ‘इमरजेन्सी मोड’मा आए ।
डेलीमेलको रिपोर्ट अनुसार १८ सेप्टेम्बरमा आकस्मिक सन्देश प्राप्त भएपछि वुहान विमानस्थलमा रहेका म्यानेजरले आफ्ना स्टाफलाई ‘इमरजेन्सी ड्रिल’को पूरै प्रक्रिया सम्झाए । स्टाफहरुले सुरक्षात्मक मास्क लगाएर आवश्यक कारवाही गर्न थाले । चीनको सरकारी मिडियाका एक पत्रकारका अनुसार यसको केही समयपछि वुहानको प्राथमिक सहायता केन्द्रले जानकारी दियो कि जाँचमा सम्बन्धित बिरामी नोबेल कोरोनाभाइरसबाट संक्रमित भएको पत्ता लाग्यो ।
चिनियाँ मिडियाले पूरै घटनालाई एक ड्रिल (अभ्यास) बतायो । त्यतिबेला चिनियाँ मिडियाले भनेको थियो कि ‘वर्ल्ड मिलिट्री गेम्स’ को आयोजनालाई लिएर इमरजेन्सी रेस्पोन्सको जाँच गर्नको लागि कोरोनाभाइरस ड्रिल गरियो । अर्को महिना चीनमा हुने वर्ल्ड मिलिट्री गेम्समा १० हजार जना सहभागी हुँदै थिए ।
अधिकारीहरुले ड्रिललाई सफल भनेका थिए । तर, अन्तर्राष्ट्रिय मिडियामा अब प्रश्न उठिरहेको छ कि चीनले यही अभ्यास किन रोज्यो ? सामाजिक संजालमा पनि मानिसहरुले प्रश्न उठाएका छन् कि उनहिरुले नयाँ कोरोनाभाइरसकै विषयमा ड्रिल किन गरे ?
अर्कोतर्फ गत हप्ता फ्रान्सका एक खेलाडीले भनेका थिए, उनलाई लाग्छ कि वर्ल्ड मिलिट्री गेम्समा भाग लिने क्रममा कैयौं व्यक्तिहरु कोभिड १९ बाट संक्रमि भएका थिए । विश्व च्याम्पियन पेन्टाथलिट इलोडी क्लाउवेलले भने ‘मिलिट्री गेम्सका क्रममा कैयौं एथलिट धेरै बिरामी भएका थिए ।’ १८ अक्टोबर २०१९ देखि सुरु भएको वर्ल्ड मिलिट्री गेम्स ९ दिनसम्म चलेको थियो ।
केही दिन अघिमात्र अर्को जानकारी सार्वजनिक भएको थियो कि पेरिसको एक अस्पतालमा २७ डिसेम्बरमै एक व्यक्ति कोरोना संक्रमित भइसकेका थिए । माछा बिक्री गर्ने ती व्यक्तिलाई त्यतिबेला निमोनियाको संदिग्ध मानिएको थियो । अस्पतालमा रहेको उनको नमूनालाई जब डाक्टरहरुले कोरोनाभाइरस जाँच गरे त्यसपछि भाइरस संक्रमण भएको पुष्टि भयो । ती व्यक्ति विदेश पनि गएका थिएनन् ।
Facebook Comment