यी महिला क्रिकेटरले पुरुष खेलाडीले भरिएको बसलाई नै शौचालय बनाईन
काठमाडौं । सन २००५ ईङल्यान्ड क्रिकेट टीमका लागि धेरै विशेष थियो। यो त्यो समय थियो जब इङल्यान्डका पुरुष र महिला दुबै टीमले एशेज सीरिज २००५ कब्जा गरेको थियो। यो जीत महिला टीमका लागि विशेष थियो किनकि करीव ३० बर्ष पछि महिला टोलिले एशेजमा अष्ट्रेलियालाई हराएको थियो। यो विजय उत्सव एक भव्य शैलीमा मनाइएको थियो। महिला र पुरुष टोलीले भरिएको खुला बस लन्डनको सडकमा निकालिएको थियो, जहाँ जोडदार नाराबाजी भईरहेको थियो र खेलाडीहरूले बियर र स्याम्पेन पिउदै रमाईलो गरिरहेका थिए। यद्यपि त्यो उत्सवको दौरान त्यहाँ एक घटना घटेको थियो जुन १५ बर्ष पछि बाहिर आएको छ ।
बेलायती पत्रिका द सनको रिपोर्ट अनुसार २००५ मा एशेज जीतको उत्सव मनाईरहेको बेला इङल्यान्डकी महिला क्रिकेटर ईशा गुहाले बसमा पिसाब गरेकी थिईन। ईशा गुहा आफैले पोडकास्टको बखत यो कुरा खुलासा गरिन। ईशा गुहाले भनीन “त्यो दिनको उत्सव रक कन्सर्टको जस्तो देखिन्थ्यो। मानिसहरू सडकमा भेला भएका थिए। मानिसहरुले आफ्नो घरको छाना र झया्लमा बसेर हाम्रो नाम लिइरहेका थिए। हामी धेरै रमाईलो गरिरहेका थियौं।”
ईशाले भनीन “त्यस बखत हामी स्याम्पेन पिइरहेका थियौं, यो सबै भएको लगभग एक घण्टा बितिसकेको थियो कि एक्कासी मलाई पिसाबले च्याप्यो र मैले नियन्त्रण गर्न सकिन। मैले केभिन पिटरसनलाई बस रोकेर नजिकैको पसलको ट्वाईलेटमा गएको देखे, तर मैले यो गर्न सकिन। मलाई भनिएको थियो कि तपाईंले ट्राफलगर स्क्वायर सम्म कुर्नु पर्छ जुन २० देखि ३० मिनेट टाढा थियो।”
ईशाले भनीन “मसँग कुनै विकल्प थिएन र म बसको छतबाट ओर्लेर तल्लो तल्लामा गएँ जाहा कोही थिएनन्। मैले एउटा कप लिएँ र त्यसमा पिसाब गरे। त्यस पछि मैले फेरि रमाइलो गर्न थाले।”
ईशा गुहा भारतीय मूलकी हुन् र उनी बेलायती महिला टोलीमा खेल्ने पहिलो ब्रिटिश एशियाली खेलाडी हुन्। ईशाले सन २०१२ मा क्रिकेट बाट सन्यास लिईन र अहिले उनी क्रिकेट कमेन्टेटरको रुपमा कार्यरत रहेकी छिन ।
Facebook Comment