भारतका पूर्व प्रधानमन्त्री मनमोहन डा. सिंहको छातीमा समस्या, एम्स अस्पताल भर्ना

डिसी नेपाल
२९ वैशाख २०७७ ८:२९

नयाँ दिल्ली। भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । छातीमा पीडा भएपछि उनलाई एम्स अस्पतालमा भर्ना गरिएको खबर छ । ८७ वर्षीय कांग्रेस नेता सिंहलाई आइतबार राती दिल्लीस्थित एम्स ल्याइएको थियो ।

सिंहलाई कार्डियो थेरापी वार्डमा भर्ना गरिएको छ । सिंह अहिले चिकित्सकहरुको निगरानीमा रहेको बताइएको छ । जानकारीपछि मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले ट्वीट गर्दै सिंहको स्वास्थ्यलाभको कामना गरेका छन् ।

राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले पनि सिंहलाई अस्पताल भर्ना गरिएको कुराले चिन्तित भएको बताएका छन् । गहलोतले पनि सिंहको स्वास्थ्यलाभको कामना गरेका छन् ।

जम्मु कश्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले पनि सिंह छिटै स्वस्थ हुने आशा व्यक्त गरेका छन् ।

मनमोहन भारतका १३ औं प्रधानमन्त्री हुन् । मे २००४ देखि मे २०१४ सम्म १० वर्ष उनी भारतका प्रधानमन्त्री रहेका थिए । सिंह भारतका अर्थमन्त्री पनि रहिसकेका छन् । जून १९९१ देखि मे १९९६ सम्म उनी देशमा २२ औं अर्थमन्त्री थिए । यसबाहेक सिंह रिजर्भ बैंक अफ इण्डियाका १५ औं गभर्नर पनि रहिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *