आमाको दूधबाट कोरोनाभाइरसको उपचार

डिसी नेपाल
२९ वैशाख २०७७ ९:१२

काठमाडौं। कोरोनाभाइरसका कारण लाखौं मानिसहरुको मृत्यु भइसकेको छ । यही कारण विश्वभरका देश यसको उपचारको खोजीमा दिन रात जुटेका छन् । विशेषज्ञ र वैज्ञानिकहरुको लाख कोसिसपछि पनि यसको कुनै ठूलो सफलता प्राप्त भएको छैन । भ्याक्सिन बनाउनको लागि दिनहुँ नयाँ प्रयोग भइरहेका छन् । यही क्रममा अब आमाको दूधबाट कोरोनाभाइरसको उपचार हुन सक्ने दावी गरिएको छ ।

द जर्नल अफ क्लिनिकल माइक्रोबायोलोजीमा शुक्रबार प्रकाशित एक रिसर्च रिपोर्टका अनुसार आमाको दूधबाट एन्टिबडी बनाएर त्यसको परीक्षण गरिएको छ । अनुसनधानमा संक्रमित आमाको दूधमा एन्टिबडी हुन सक्ने पाइएको छ जुन एन्टिबडीले बच्चालाई कोरोनाभाइरसबाट बचाउन सक्छ । यही कारण संक्रमित महिलाहरुलाई आफ्ना बच्चालाई संक्रमणबाट बचाउन स्तनपान जारी राख्न सल्लाह दिइएको छ ।

शोधकर्ताहरुले दूधको माध्यमबाट भाइरसको संचरण नहुने दावी गरेका छन् । उनीहरुले दूधमा निश्चित रुपमा एन्टिबडी हुन सक्ने दावी पनि गरेका छन् । यो अध्ययनको नेतृत्व गर्ने द इकना स्कुल अफ मेडिसिनकी रेबेका पावेलले समाचार एजेन्सी रोयटर्सलाई यसको जानकारी दिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *