नेपालको भूमि मिचिएकोप्रति डिएलएको भत्र्सना

डिसी नेपाल
२९ वैशाख २०७७ ११:५५

काठमाडौँ । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए)ले भारतले नेपाली भूमि लिपुलेकलगायत क्षेत्र मिचेर सडक निर्माण गरेको कार्यको निन्दा र भत्र्सना गरेको छ।

सुगौली सन्धिले नै उक्त भूमाग नेपालको हो भनी स्वीकारेको विषयमा भारतले एक पक्षीयरुपमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि नै हस्तक्षेप गरी नेपाली भूमिमा सडक निर्माण गर्नु भारतको हेपाहा प्रवृत्ति भएको डिएलएको टिप्पणी छ।

डिएलएका महासचिव लक्ष्मीदेवी दाहाल रावलले विज्ञप्तिमार्फत यस विषयमा सरकार संवेदनशील भएर कूटनीतिक पहललगायत जुनसुकै कदम चाली यथाशीघ्र मिचिएको नेपाली भूमि फिर्ता ल्याएर मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न माग गरेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *