कोरोनाः बिरामीको संख्यामा नेपालले चीनलाई भेट्टाउनै लाग्यो, चीनको आधाभन्दा धेरै नेपालमा

डिसी नेपाल
२९ वैशाख २०७७ १३:५०

काठमाडौं। कोरोनाभाइरसको महामारीले विश्वलाई आक्रान्त बनाएको छ । विश्वको तुलनामा नेपालको संक्रमण दर धेरै कम छ । नेपालमा अहिलेसम्म कोरोनाभाइरसका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसरी हेर्दा नेपाल अहिलेसम्म धेरै सुरक्षित छ ।

यद्यपि कोरोनाभाइरसको इपिसेन्टर चीनले यो भाइरस नियन्त्रणमा पाएको सफलताका कारण नेपाल अब चीनलाई नै उछिन्ने स्थितिमा पुग्न लागेको तथ्यांकले देखाउँछ । चीनमा सोमबार बिहानसम्म मात्रै १४१ एक्टिभ केस छन् । अर्थात चीनमा अब कोरोनाभाइरस संक्रमण भएका १४१ जना मात्र छन् । अरु संक्रमितहरु धेरैजसो निको भएका छन् र बाँकी संक्रमितको मृत्यु भएको छ ।

चीनमा अहिलेसम्म ८२ हजार ९१८ जना संक्रमित भएका छन् । यीमध्ये ७८ हजार १४४ जना निको भइसके । ४ हजार ६३३ जनाको मृत्यु भयो । अब भाइरस संक्रमित १४१ जना मात्र बाँकी छन् । तीमध्ये ९ जना गम्भीर छन् । नेपालमा हालसम्म १२० जनामा संक्रमण देखिएको छ । तीमध्ये ३१ जना निको भएर घर फर्किसके । ८९ जना अझै एक्टिभ केसको रुपमा छन् अर्थात उनीहरु अझै संक्रमित छन् । नेपालको एक्टिभ केस चीनको एक्टिभ केसको ६३ प्रतिशत हुन आउँछ । यद्यपि खुसीको कुरा के हो भने नेपालका एक्टिभ केसमध्ये कोही पनि गम्भीर छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *