एक युवतीले गरिन मलेसियाको राजाको छोरी भएको दाबी
काठमाडौं । हुमन अफ न्युयोर्कले एक यस्तो कथा सार्वजनिक गरेको छ, जुन पढेपछि मानिसहरु एक क्षणको लागि सोच्नमग्न हुन्छन। यो एक युवतीको कथा हो जसले दाबी गरेकी छिन की उनी मलेसियाका पूर्व राजा सुल्तान अहमद शाहकी छोरी हुन। सुल्तान अहमद शाहको गतबर्ष ८८ बर्षको उमेरमा निधन भएको थियो ।
हुमन अफ न्युयोर्कमा भर्खरै प्रकाशित गरिएको एक रिपोर्ट अनुसार लन्डनकी एक युवतीले उनी सुल्तानकी छोरी भएको बताएकी छिन। यति मात्र होइन, उनले हुमन अफ न्युयोर्कमा तस्वीरहरु पनि सार्वजनिक गरेकी छिन जसमा उनी सुल्तानसँग बसिरहेकी छिन्। हुमन अफ न्युयोर्कका लेखक ब्रान्डन स्टान्टनले उनीसँग विशेष कुराकानी गरेका छन जसमा ती युवतीले आफ्नो सम्पूर्ण कथा विश्व अगाडि राखेकी छिन।
उनले भनीन, “राजाले मलाई पूर्ण रूपमा आफ्नी छोरीको रूपमा कहिल्यै स्वीकारेनन्। यद्यपि राजाले मेरी आमाका सबै खर्चहरू वहन गर्नुहुन्थ्यो। यति मात्र होइन, उनी अमेरिका भेट्न पनि आएका थिए। म १४ वर्षको हुँदा मैले पहिलोपटक मेरो बुबालाई भेटेको थिए ।”
https://www.facebook.com/humansofnewyork/posts/4209069569167111
“मेरी आमाले मलाई कहिल्यै मेरो बुबाको बारेमा खुलेर केही कुरा भन्नुभएन। सधैं सोध्दा उनी भन्ने गर्थिन् कि उनका बुवा धेरै व्यस्त छन्, उनी मलेसियामा बस्छन् र उनी एक राजा हुन। म आमासँग एक्लै अमेरिकामा बस्थें। म ६ बर्षको हुँदा मेरो आमा र म फिलिपिन्सबाट आएका थियौं। हामी एउटा भाडाको घरमा बस्यौं। मलाई थाहा छैन राजकुमारी कसरी बस्छिन। जब जब म मेरो बुबाको बारेमा बढी सोध्ने गर्थें, मेरी आमाले त्यो कुराको बोरमा खुलेर कहिल्यै बोल्नुभएन ।
मलाई के थाहा छ भने मेरी आमा मलेसियाको अस्पतालमा काम गर्नुहुन्थ्यो र एक भोजको क्रममा उनले त्यस ठाउँका राजा अर्थात सुल्तानलाई भेटीन। जब उनीलाई थाहा भयो कि उनी मलेसियाका राजा हुन् तब उनले उनको बारेमा सोच्न छोडीन। आमाले पुरानो कुरा सम्झँदै मलाई भनीन कि एक दिन राजाले आफैले मलाई बोलाएर भने, म राजपरिवार बाट आएको हुँ र मैले तिम्रो पत्र पाएको छु।
म १४ वर्षको हुँदा मेरी आमाले मलाई स्कूलबाट एक हप्ताको लागि लन्डन लैजानुभयो। मलाई थाहा छ कि उनीसँग भेट गर्नु अघि उनका वकील हामीलाई भेट्न आए र हामीलाई किनमेलका लागि पैसा दिए र उनले भने कि राजा तपाईंलाई लन्चमा भेट्नेछन्।
खाना खाँदा, मेरी आमाले राजालाई पैसाको लागि सहयोग गर्न आग्रह गर्नुभयो, उहाँ राजी हुनुभयो, तर जब आमाले सम्पत्तीको अधिकारको बारेमा कुरा गरिन , उनले असहमती जनाए। त्यसपछि मेरी आमाले उहाँलाई सँगै फोटो लिन आग्रह गर्नुभयो, यसका लागि उनी राजी भए। मैले वाहालाई दुई पटक मात्र भेटें। दुबै पटक लन्डनमा एक घण्टाको लागि मात्र भेट भएको थियो ।”
Facebook Comment