आज अमेरिकी डलरसहित ७ देशका मुद्राका भाउ बढ्यो

डिसी नेपाल
३० वैशाख २०७७ ६:१३

काठमाडौँ । आज वैशाख ३० गते (मंगलबार) अमेरिकी डलरसहित ७ देशको विनियमदर बढेको छ । यूके पाउण्डको भाउ भने घटकेो छ ।

विश्वभर कोरोना भाइरसको महामारी जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ ।

आज अमेरिकासहित, साउदी, कतार, मलेशिया, यूएई, कुवेत र बहराइन दिनारको भाउ बढेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ४८ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ७५ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ४० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ ४७ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ २१ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३४ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ९ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ७३ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *