विश्वभर कोरोनाको युद्ध जितेर घर फर्किए १५ लाख २७ हजार संक्रमित (तालिका)

डिसी नेपाल
३० वैशाख २०७७ ७:००

काठमाडौँ । विश्वका २१२ देशमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित १५ लाख बढी मानिस निको भएर घर फर्किएका छन् । यो समाचार तयार पार्दासम्म विश्वभर १५ लाख २७ हजार २९ जना संक्रमित निको भएर घर फर्किएको वल्डोमिटरले जनाएको छ।

हालसम्म विश्वभर ४२ लाख ५३ हजार ८०२ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये २ लाख ८७ हजार २५० जना संक्रमितको ज्यान गएको छ ।

सबैभन्दा धेरै कोरोनाको संक्रमणि देखिएको अमेरिकामा हालसम्म २ लाख ६२ हजार २२५ संक्रमितको उपचार सफल भएको छ ।

यस्तै, स्पेनमा १ लाख ७७ हजार ८४६, रसिया ३९ हजार ८०१, इटली १ लाख ६ हजार ५८७, फ्रान्स ५६ हजार ७२४, जर्मनी १ लाख ४५ हजार ६१७, ब्राजिलमा ६७ हजार ३८४ जना संक्रमित निको भएका छन् ।

छिमेकी मुलुक भारतमा २२ हजार ५४९ संक्रमित निको भएका छन् । जहाँ ७० ७६८ संक्रमित भएका छन् ।

यस्तै, १३४ जनामा कोरोना पोजेटिभ देखिएको नेपालमा ३३ जना संक्रमित निको भएका छन् ।

यस्तो छ विश्वका २१२ देशमा कोरोना अपडेट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *