स्वास्थ्य सामग्री खरिदमा सेनालाई स्वास्थ्य मन्त्रालयको असहयोग ?

डिसी नेपाल
३० वैशाख २०७७ १०:३९

काठमाडौं। भ्रष्टाचारको आरोपबाट बच्न कोरोना भाइरसको उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिए पनि स्वास्थ्य मन्त्रालयले समयमै सहयोग नगरेका कारण सेनाले सामग्री ल्याउन सकेको छैन।

चीनमा सामान जी टु जीमार्फत सेनाले खरिद गरिसके पनि सरकारी निर्णयमा स्वास्थ्य मन्त्रालयको समन्वयमा काम गर्ने म्याण्डेट दिइएकोमा मन्त्रालयले पूर्ण सहयोग नगरेका कारण ती सामग्री नेपाल ल्याइपुर्याउन समस्या परेको उच्च सैनिक स्रोतले बताएको छ।

प्रक्रियागत कुराका लागि चाहिने मन्त्रालयको सहयोगका लागि पठाएको पत्र मन्त्रालयका उच्च अधिकृतको हातैमा बुझाएको भए पनि त्यसबारे मन्त्रालयले कुनै वास्तै नगरेको र पछि पत्रै प्राप्त नभएको भन्दै पन्छिएको बुझिएको छ।

अर्थमन्त्रालय र चीनस्थित नेपाली दूतावासले ठूलो सहयोग पुर्याए पनि स्वास्थ्य सामग्रीका लागि सम्बन्धित तोकिएको स्वास्थ्य मन्त्रालयले द्रूत गतिमा सहयोग नगरेको मात्रै होइन आवश्यक परेको बेला असहयोग समेत गर्दै आएका कारण सेनाले ल्याउने भनिएका सामग्रीहरु चीनमा अड्किएका छन्।

अर्थमन्त्रालय र चीनस्थित नेपाली दूतावासले ठूलो सहयोग पुर्याए पनि स्वास्थ्य सामग्रीका लागि सम्बन्धित तोकिएको स्वास्थ्य मन्त्रालयले द्रूत गतिमा सहयोग नगरेको मात्रै होइन आवश्यक परेको बेला असहयोग समेत गर्दै आएका कारण सेनाले ल्याउने भनिएका सामग्रीहरु चीनमा अड्किएका छन्।

समाचारअनुसार, ती सामग्रीहरु जति ढिलो आइपुग्छन् त्यति नै सत्ता संरक्षित व्यपारीले ल्याएका सामग्री खरिद गर्न स्वास्थ्य मन्त्रालयलाई सजिलो हुने भएकाले सेनाले ल्याउन लागेका सामग्रीमा असहयोग पुगेको आशंका सैनिक स्रोतले गरेको छ।

सेनाले चीनसँग सामग्री खरिदको प्रयास गरिरहँदा केही व्यपारीहरु चीन नै पुगेर भाँजो हाल्ने प्रयत्नसमेत गरेको बताइएको छ। उच्च सैनिक स्रोतले त्यस्ता व्यक्तिहरुले अन्तिमसम्म पनि कमिशन एजेण्ट बन्ने प्रयास गरेको तर सेनाले वेवास्ता गरेका कारण सेनाले ल्याउने सैन्य सामग्री ढिला गराउन भूमिका खेलेको जानकारी दिएको छ।

सेनाले पहिलोचरणमा ४८ टन सामग्री हवाई माध्यमबाट नेपाल ल्याउन लागेको छ भने झण्डै त्यति नै सामानहरु स्थलमार्ग अर्थात् तातोपानी भन्सार हुँदै नेपाल ल्याउन लागेको छ। स्थलमार्गबाट आउने सामग्री हिँडे पनि हवाइमार्गबाट आउने सामान कहिलेसम्म ल्याउन सकिन्छ भन्ने अझै टुंगो भइसकेको छैन।

सैनिक सामग्री आउनु अघि नै सत्ता संरक्षित व्यापारीहरुबाट ल्याइएका सामग्रीहरु सरकारले खरिद गरिसक्ने गरी षड्यन्त्रपूर्ण ढंगले सेनालाई असहयोग गरिएको आशंकामा केही दिनदेखि व्यापारीका सामान मन्त्रालयले भटाभट खरिद गरेको कुराले पनि प्रमाणित गरेको छ।




प्रतिक्रिया

One thought on “स्वास्थ्य सामग्री खरिदमा सेनालाई स्वास्थ्य मन्त्रालयको असहयोग ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *