अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यानलाई ६ वर्षको प्रतिबन्ध

डिसी नेपाल
३० वैशाख २०७७ १३:१४

काठमाडौं। अफगानिस्तान क्रिकेट बोर्डले आफ्ना टोलीका विकेटकिपर ब्याट्सम्यान सफिकउल्लाह सफिकलाई ६ वर्षको प्रतिबन्ध लगाएको छ । खेल मिलोमतोको आरोप पुष्टि भएपछि उनलाई ठूलो कारबाही सुनाएको हो । सफिकले २०१८ को अफगानिस्तान प्रिमियर लिग र २०१९ र २० को बंगलादेश प्रिमियर लिगमा खेल मिलोमतो गरेको आरोप लागेको थियो ।

जसमा जाँचबुझ गर्दा त्यसको पुष्टि भएको थियो । जसका कारण बोर्डले उनलाई ६ वर्षसम्म कुनै पनि क्रिकेट गतिविधिमा सहभागी हुन नपाउनेगरी प्रतिबन्ध लगाएको हो । यसका साथै, उनलाई भ्रष्टाचार गरेको आरोपमा चारवटा मुद्दा पनि लगाइएको छ । जसमा घरेलु क्रिकेटमा खेलको नतिजामा गरेको मिलेमतो, नतिजा फरक पार्नका लागि घुस लिएको, म्याच फिक्सिङ गर्न टिमका सदस्यलाई समावेश गरेको र फिक्सरबाट आएको प्रस्तावलाई बोर्डमा जानकारी नगराएको भन्ने रहेका छन् ।

३० वर्षे सफिक अफगानिस्तानबाट दुईवटा विश्वकप खेलिसकेका छन् । उनले सन् २००९ देखि २०१९ सम्म अफगानिस्तानका लागि २४ एक दिवसीय, ४६ टी–२० खेलेका छन् । उनले आफ्नो गल्तीलाई स्वीकार गर्दै माफी पनि मागेका छन् । उनले यो गल्तीबाट पाठ सिक्ने र युवा खेलाडीलाई पनि चेतना हुने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *