कोरोना भाइरको कारण अफगानिस्तान क्रिकेट बोर्डमा वित्तीय संकट
![कोरोना भाइरको कारण अफगानिस्तान क्रिकेट बोर्डमा वित्तीय संकट](https://www.dcnepal.com/wp-content/uploads/2020/05/11007745_1585280031726589_1768020015443873202_n-880x542-1.jpg)
काठमाडौं । कोरोना भाइरस महामारीले हरेक देशहरूमा वित्तीय संकट ल्याएको छ। यो महामारीको कारण क्रिकेट बोर्डहरु पनि पीडित भएका छन । अफगानिस्तान क्रिकेट बोर्डले यस महामारीमा उत्पन्न भएको वित्तीय संकटलाई हटाउन आफ्नो सहयोगी कर्मचारीको तलब कटौती गर्न सुरु गरेको छ।
यसको पहिलो प्रभाव अफगानिस्तान क्रिकेटका मुख्य प्रशिक्षक लान्स क्लसनरमा परेको छ। अफगानिस्तान क्रिकेट बोर्डले उनको तलबको २५ प्रतिशत कटौती गरेको छ । यदि अफगानिस्तान क्रिकेट टिमले जुन महिनामा जिम्बावे भ्रमण गरेन भने उनको तलबमा ५० प्रतिशतले कटौती हुने भएको छ ।
एसीबीका कार्यकारी प्रमुख लुप्तुल्लाह स्टानिकजईले ईएसपीएन क्रिकइन्फोलाई भने, “यो खर्चमा बचत गर्ने हाम्रो रणनीतिको हो किनभने कोविड १९ को संकटले हामीलाई पनि असर गरेको छ।”
उनले भने, “हामीले प्रशिक्षकको मे महिनाको तलब २५ प्रतिशत घटाउने निर्णय गरेका छौं। यदि अन्तर्राष्ट्रिय क्रिकेट फिर्ता हुँदैन भने जून महिनामा ५० प्रतिशत सम्म कटौती हुनेछ। जबसम्म हाम्रो वित्तीय स्थितिले हामीलाई साथ दिन्छ, हामी उनलाई कोचको रुपमा राख्छौं।”
दक्षिण अफ्रिकी पूर्व अलराउन्डर क्लसनर बाहेक, ब्याटिङ कोच एचडी एकरम्यान र सहायक प्रशिक्षक नवरोज मंगललाई पनि पारिश्रमिक कटौतीले असर पार्नेछ।
एक प्रतिवेदनका अनुसार एसीबीले २०२० को पहिलो त्रैमासिक रकम आफ्ना सबै केन्द्रीय करारका खेलाडीहरुलाई भुक्तानी गरिसकेको छ तर जिम्बावे बिरूद्ध पाँच टी २० खेल नभएमा उनीहरूको तलबको बारेमा समीक्षा गर्न सकिनेछ। हाल बोर्डले ३२ सिनियर खेलाडी र ५५ घरेलु क्रिकेटरहरूलाई अनुबन्धनमा राखेको छ।
Facebook Comment