भक्तपुरका कोरोना संक्रमित व्यक्ति, भीम रावलका सुरक्षाकर्मी

डिसी नेपाल
३१ वैशाख २०७७ ९:५९

काठमाडौं । नेपालमा मंगलबार कामाठमाडौँ उपत्यकासहित ८३ जना नयाँ कारोना संक्रमित फेला परेका छन् । भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना सशस्त्र प्रहरी रहेको खुलेको छ।

२७ वर्षीय उनी नेकपाका नेता भीम रावल गृह मन्त्री हुँदादेखि नै सुरक्षा टोली सदस्य रहेको जनाइएको छ। उनी एक केही दिनदेखि भने नेतारावलसँग थिएनन् ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोरोना संक्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित घरमा बस्दै आएका छन् ।

उनी केहीदिन अगाडी काठमाडौ आउने सवारी पास बनाएर काठमाडौँ छिरेका थिए।

भक्तपुरमा फेला पर्ने दोस्रो व्यक्ति भने मध्यपुरथिमी नगरपालिका–९ मा २५ वर्षीया महिला रहेकी छन् । उनी दुई दिन अगाडि सुनसरीबाट मोटरसाइकल चढेर भक्तपुर आएको बताईएको छ । उनको ट्राभल हिस्ट्री लिने काम भइरहेको नगरपालिका स्रातले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *