लकडाउनमा पनि ग्राहक भेट्न देशभर घुमिरहेछन् यौनकर्मी (भिडियोसहित)

डिसी नेपाल
३१ वैशाख २०७७ १०:०९

काडमाडौं। कोरोनाभाइरस प्रकोपका कारण विश्वका धेरै देश लकडाउन छन् । ती देशहरुमा अत्यावश्यक बाहेकका सेवाहरु ठप्प छन् । कोरोनाभाइरसबाट अत्याधिक प्रभाविदेश देशहरुमध्ये बेलायत पनि एक हो जहाँ लामो समयदेखि लकडाउन छ । तर, यहाँका यौनकर्मीहरु भने लकडाउनका बावजुद ग्राहक भेट्न देशभरी घुमिरहेको पाइएको छ ।

बीबीसीले गरेको एक खोजमूलक रिपोर्टिङमा लकडाउनका प्रतिबन्धित शर्तहरुले केही यौनकर्मीहरुलाई गहक भेट्न देशमा यात्रा गर्नबाट नरोकेको पाइएको हो । बीबीसीका संवाददाता जोनाथन गिब्सनले टिफानीसहितका केही यौनकर्मीहरुसँग बर्मिङघममा कुराकानी गरेका थिए । कुराकानीका क्रममा टिफानीले आफू ग्राहकको घर तथा अफिसमा जाने क्रममा ब्रिस्टोल लगायतका स्थानमा यात्रा गरेको बताइन् । अनुसन्धानमा केही वेश्यालयहरु समेत अहिले पनि पूर्ववत संचालनमा रहेको पाइएको छ । सामाजिक दूरी कायम गर्न भनिए पनि वेश्यालयहरुमा यौन व्यापार चलिरहेको पाइएको छ । बीबीसीको रिपोर्ट हेर्नुहोस् –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *