इङ्लिश प्रिमियर लिगका लागि प्रशिक्षण प्रोटोकल जारी
काठमाडौं । इङ्लिश प्रिमियर लिग (ईपीएल) ले लिगमा आबद्ध फुटबल क्लबहरूको पहिलो चरण अन्तर्गतको प्रशिक्षण शुरू गर्ने सम्बन्धमा आधिकारिक प्रोटोकल जारी गरेको छ ।
कोरोना भाइरस महामारीका कारण ईपीएल मार्च १३ देखि अवरुद्ध रहेको छ र जारी सिजन अन्तर्गत ९२ वटा खेल बाँकी रहेको छन । मंगलबार ईपीएलमा आबद्ध क्लबका खेलाडी तथा व्यवस्थापकहरूलाई पठाइएको प्रोटोकलका अनुसार पहिलो चरणको प्रशिक्षण शुरू गरिएपछि एक साथ पाँच खेलाडीहरूले मात्र खेल्न पाउनेछन् र प्रशिक्षणका क्रममा अर्का खेलाडीलाई छक्याउन पनि प्रतिबन्ध लगाइएको छ।
त्यस्तै सो प्रोटोकलमा सामाजिक दूरी पूर्ण रूपमा पालना गर्न लगाइने लगाइने भनिएको छ । हरेक प्रशिक्षणपश्चात् फुटबल मैदान, कर्नर फ्ल्याग र गोलपोस्टमा डिस्इन्फेक्टेन्ट छर्किने उल्लेख गरिएको छ ।
खेलाडीहरूको हप्तामा दुई पटक खेलाडीहरूको कोरोनाको परीक्षण गरिनेछ र हरेक दिन प्रशिक्षण शुरू गर्न भन्दा पहिले तापक्रम नापिनेछ। ७५ मिनेटमा सीमित पारिएको प्रशिक्षण शुरू गर्नका लागि क्लबहरूलाई आगामी सोमबार अनुमति दिइनसक्ने जनाइएको छ ।
Facebook Comment