माइक टाईसन पन्ध्र बर्षपछि रिङमा फर्कदै
काठमाडौं । पूर्व हेवीवेट च्याम्पियन माइक टायसनले सोशल मिडियामा एक भिडीयो सार्वजनिक गर्दै रिङमा फर्कने संकेत गरेका छन । यदि टाइसन रिङमा फर्किए भने, न्यूजील्याण्डको रग्बी खेलाडी सोनी बिल र अस्ट्रेलियाका पूर्व एनआरएल खेलाडीहरू पॉल ग्लेन र इभेन्डर होलीफिल्ड उनका प्रतिद्वन्द्वी हुन सक्छन्। टाईसन हेभीवेट शीर्षक जित्ने सबैभन्दा कान्छो बक्सर हुन। उनले २० वर्ष, चार महिना र २२ दिनको उमेरमा यो उपाधि जितेका थिए।
पूर्व बक्सर टायसनले आफ्नो इन्स्टाग्राममा एक भिडियो सार्बजनिक गरेका छन, जसमा उनले मुक्केबाजी गरेको देखिन्छ। उनले भिडियोको क्याप्शनमा लेखे, जब तपाईं चतुर हुन्छन् भने जे पनि सम्भव छ। प्रशिक्षण स्मार्ट, कमब्याक स्मार्ट। भिडियोको अन्त्यमा, टाइसनले भने, म फेरि फर्केको छु ।
५३ बर्षी टायसनले गत हप्ता एक भिडियो पनि पोष्ट गरेका छन, जाहा उनले कमब्याकको संकेत गरेका छन। भिडियोमा उनी वर्कआउट गरिरहेका देखिन्छन ।
सन् १९८६ मा टायसनले २० वर्षको उमेरमा ट्रेसन बेबेरिचलाई पराजित गर्दै विश्वको सबैभन्दा कान्छो हेवीवेट च्याम्पियनको रेकर्ड बनाएका थिए । टायसनले अन्तिम पटक सन २००५ मा केभिन म्याकब्राइड बिरूद्ध खेलेका थिए। उनले आफ्नो करियरमा ५८ प्रतिस्पर्धामा ५० खेल जितेका छन ।
Facebook Comment