भक्तपुरकी संक्रमितको माइतीका ५ घर सिल, १९ जना क्वारेन्टाइनमा

डिसी नेपाल
१ जेठ २०७७ ७:५८

सिन्धुली । भक्तपुरमा फेला परेकी कोरोना संक्रमित महिलाको माइतीघर सिल गरिएको छ । मंगलबार कोरोना संक्रमित देखिएकी ती महिलाको माइतीघर सिल गरेर १९ जनालाई क्वारेन्टाइनमा राखिएको हो।

सोमबार मात्रै सुनसरीबाट मोटरसाइकलमा काठमाडौँ आएकी उनले कमलामाई नगरपालिका–९ भिमानस्थित माइतीघरमा झन्डै ४५ मिनेट बिताएकी थिइन् । उनले त्यहाँ खानासमेत खाएकी थिइन्।

ट्राभल हिस्ट्रीले यस्तो देखाएपछि उनको माइतीसहितका पाँच घर सिल गरिएको स्थानीय प्रशासनले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *