कोरोना संक्रमण भेटिएपछि शिक्षण अस्पताल महाराजगञ्जको एक वार्ड सिल गरिँदै

डिसी नेपाल
१ जेठ २०७७ १०:१०

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको एक वार्ड सिल गर्ने तयारी गरिएको छ । न्यूरो सर्जरी वार्डमा भर्ना भएकी ६ वर्षकी बालिकामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै बालिकालाई राखिएको वार्ड सिल गर्ने तयारी भएको हो ।

अस्पतालमा ७ दिन अगाडि भर्ना भएकी कपिलवस्तुकी ती बालिकामा संक्रमण पुष्टि भएको हो । पुष्टि भएकी ६ वर्षीया बालिका टिचिङ अस्पताल महाराजगञ्जको न्युरो सर्जरी वार्डमा उपचाररत छिन् । बालिकाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *