बालिकालाई बलात्कार गर्दै गर्दा बाहिरबाट श्रीमतीले चुक्कुल लगाइदिएपछि…

डिसी नेपाल
१ जेठ २०७७ १०:२६

काठमाडौं। आफ्नै घरमा १५ वर्षकी बालिकालाई बलात्कार गर्दै गरेको अवस्थामा श्रमितीले बाहिरबाट चुक्कुल लगाइदिएपछि भित्रै थुनिएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–४ का ३९ वर्षका तोमकुमार लिम्बुलाई पक्राउ गरिएको हो ।

अन्नपूर्ण पोस्टका अनुसार हिजो बुधबार बिहान घरका सबैजना खेतमा काम गर्न गएका बेला आफू घरमा एक्लै भएको मौका छोपी लिम्बूले छिमेककी १५ वर्षकी बालिकालाई बोलाएर बलात्कार गर्दै थिए । अचानक श्रीमती घर फर्किंदा भित्र श्रीमानको चालामाला निको नलागेपछि उनले बाहिरबाट चुक्कुल लगाइदिएर छिमेकीलाई बोलाएकी थिइन् ।

छिमेकीहरु जम्मा भएर बालिकालाई यसबारे सोध्दा बालिकाले तोमकुमारले आफूलाई ललाइफकाइ बलात्कार गरेको खुलाएकी थिइन् । बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि विराटनगरको कोसी अस्पताल पठाइएको छ। स्वास्थ्य परीक्षण सम्बन्धी प्रारम्भिक रिपोर्टले पनि बालिका बलात्कृत भएको देखाएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *