काेराेना संक्रमितकाे सम्पर्कमा आएका शिक्षण अस्पतालका चिकित्सकलाई क्वारेन्टाइनमा राख्ने तयारी

डिसी नेपाल
१ जेठ २०७७ १६:२४

काठमाडाैं। त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले सङ्क्रमितको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन ‘क्वारेन्टाइन’ तथा ‘सेल्फ आइसोलेसन’मा राख्ने तयारी गरेको छ।

अस्पतालको न्यूरो सर्जरी वार्डको शय्या नं ५० मा भर्ना भएकी छ वर्षीया बालिकामा आज कोरोना सङ्क्रमण पुष्टि भएको थियो। ती बालिका नाक, कान, घाँँटीको बिरामी रहेको अस्पतालले जनाएको छ। अहिले ती बालिकालाई गणेशमान भवनमा आइसोलेसनमा राखी उपचार शुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी बिरामीको सम्पर्कमा आएका व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले जानकारी दिए। सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिमा कोरोना पुष्टि भएमा ‘कन्ट्र्याक ट्रेसिङ’ र परीक्षण गरिने अस्पतालले जनाएको छ।

निर्देशक प्रा डा खड्गाले बाँकी स्वास्थ्यकर्मीलाई आफ्नो नियमित काममा फर्कन अनुरोध गरेका छन्। अस्पतालले अत्यावश्यकबाहेक शल्यक्रिया नगर्न र आकस्मिक शल्यक्रिया गर्दा व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) प्रयोग अनिवार्य गर्न सबै चिकित्सकलाई अनुरोध गरेको छ।teaching




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *