लकडाउन उल्लङ्घन गर्ने ७५ पक्राउ

डिसी नेपाल
१ जेठ २०७७ १७:३१

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि गरिएको लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

नियन्त्रणमा लिइएकालाई सामाजिक दूरी, कोरोनाबाट बच्ने उपायलगायत विषयमा प्रशिक्षण दिएर छाडिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *