डिजेलमा पानी मिसाउने फ्युल सेन्टर कारवाहीमा

डिसी नेपाल
१ जेठ २०७७ २१:३३

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप दुई लाख जरिवाना गरिएको छ । गत वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गरी पम्प बन्द गरेका थिए ।

गुणस्तर विभागमा पठाइएको नमूना परीक्षणमा पानी मिसिएको भेटिएपछि उक्त सेन्टरलाई आज उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप दुई लाख जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपकराज पोखरेलले जानकारी दिए । उनका अनुसार विभाग र आयल निगमले उक्त सेन्टरलाई छुट्टाछुट्टै कारवाही गर्नेछन् । आज नै सर्जिकल सामग्रीमा बढी मूल्य लिएको र अनुगमनका क्रममा खरीद बिल नदेखाएको भन्दै त्रिपुरेश्वरस्थित क्रान्ति सर्जिमेडलाई २० हजार जरिवाना गरिएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *