कोरोनाभाइरस नियन्त्रणः नेपालमा पनि भाग्ने संक्रमितलाई गोली हान्न सुरक्षाकर्मीलाई अधिकार

डिसी नेपाल
२ जेठ २०७७ १२:३५

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणको लागि विभिन्न देशमा सुरक्षाकर्मीलाई गोली हान्नेसम्मको अधिकार दिइएको भए पनि नेपालमा अहिलेसम्म यस्तो गरिएको थिएन । तर, संक्रमितले आइसोलेसन तोडेर भाग्न थालेपछि नेपालमा पनि सुरक्षाकर्मीलाई गोली हान्नेसम्मको अधिकार दिइएको छ ।

पर्सा जिल्लामा यस्तो आदेश दिइएको हो । पर्सा जिल्लामा पछिल्लो समय संक्रमितहरु अस्पतालबाटै भाग्ने घटना समेत भएपछि बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यतो कठोर निर्णय गरेको हो । अब यसरी भाग्ने संक्रमितलाई नियन्त्रणमा लिनको लागि सुरक्षाकर्मीले गोली हान्न समेत पाउनेछन् ।

बुधबार नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना कोरोना संकमित व्यक्ति शौचालय जाने बहानामा भेन्टिलेटर फुटाएर भागेका थिए । ती व्यक्तिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाइ निकै कठिनाइ भएको थियो किनकि नियन्त्रणमा लिने प्रयासमा सुरक्षाकर्मी नै संक्रमित हुने खतरा थियो । यसरी भाग्नेहरुको सम्पर्कमा आउने व्यक्तिहरुको पहिचानमा पनि निकै कठिनाइ हुने भएपछि प्रशासन कठोर भएको हो ।

बैठकले संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने, भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसको लागि सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकार प्रदान गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकमा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, अस्पतालका मेसु डा. मदन उपाध्यायसहित चारै सुरक्षा निकायका जिल्ला प्रमुख उपस्थित बैठकले स्थानिय प्रशासन ऐन अनुसार सेना परिचालन समेतको निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *