कुन राशिको भाग्य कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

डिसी नेपाल
३ जेठ २०७७ ७:४९

जेष्ठ ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल

मेष

स्वास्थ्यमा आएको समस्याले मनमा नैराश्यता आउनेछ । योग ध्यान गर्न सके सहजै उन्मुक्ति मिल्नेछ ।

वृष
नजिकबाट घुलमिल हुन चाहनेसँग सामाजिक दूरी कायम राख्न सके दुवैको कल्याण हुनेछ ।

मिथुन
साता सामान्य रहनेछ । परिस्थिति अनुरूप गरिएका कामले प्रतिष्ठा दिलाउनेछ ।

कर्कट
परिणाममुखी कार्य सम्पन्न गर्न केही ढिलाइ हुनसक्छ हेक्का राखे सफलता हात लाग्नेछ ।

सिंह
सुनौलो रंग अवलम्बन गरी शारीरिक व्यायाममा जोड दिँदा फलिफाप हुनेछ । सरोकार नभएको विषयमा चासो नराख्दा नै वेश होला ।

कन्या
नीलो पहिरनले कार्य क्षेत्रमा विशेष लाभ पुर्‍याउनेछ । इस्ट–मित्रबाट प्राप्त सुझावले भलाई गर्नेछ।

तुला
कार्य क्षमतामा स–साना त्रुटिहरूले मर्यादामा आँच पुर्‍याउन सक्छन् । कार्य सम्पादन गर्दा विशेष होसियार अपनाउनु नै उत्तम हुनेछ ।

वृश्चिक
पुरुषार्थद्वारा गरिएका सेवाले उचाइमा पुर्‍याउनेछ । अवरोध खडा गर्नेहरू सक्रिय रहे पनि आफ्नो दृढताले पराजय सामना गर्नुपर्ने छैन ।

धनु
अभिभावकसँग विचार नमिल्दा सामान्य खटपट हुनसक्छ । मित्रवर्गहरूप्रति ससाना त्रुटिहरूलाई औल्याउँदैमा टाडिन सक्ने सम्भावना छ ।

मकर
विविध छटपटिकाबीच सुस्त तवरले उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

कुम्भ
सम्पन्न हुन लागेको कार्यमा पारिवारिक खिचातानीले रोकावट आउन सक्छ ।

मीन
आफ्ना कमजोरीप्रति गुनासो बढ्न सक्छ । आफ्नो कमजोरीबाट फाइदा उठाउनेहरू सलबलाउन सक्छन् ।

पूरा राशिफल भिडियोमा हेर्नुहोस्

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *