कविता – ‘बबाल पोखरा’
‘बबाल पोखरा’
कोरल्दा तेसमा सास, भरिन्छ हेर अण्डज ।
समुलै जलमा डुब्दै, बाहिर फूल पंकज ।।
यो कमल्–पोखरी, फेवा, वेगनास तथा रुपा ।
खाष्टे, दिपाङ, न्यूरेनी, मैदी तथा गुँदे एता ।।१।।
यी नऊ ताल हुन् साँच्चै, पोख्रेली शानका बरु ।
पोखरा नाम सन्दर्भ, साच्चैका मान हुन् बरु ।।२।।
थियो रे दहका रुप्मा, काठमाण्डु उपत्यका ।
हो तेस्तै तालका रुप्मा, पोखरेको उपत्यका ।।३।।
वागमती तथा विष्णु, उपत्यका हराभारा ।
विजेपुर्, हर्पनः सेती, पोखरेली हराभारा ।।४।।
चोभार एक हो घाँटी, काठमाण्डु निकाशको ।
कोत्रे नै एक हो घाँटी, पोखरेली निकाशको ।।५।।
कमलः पोखरी यौटा, अर्को छ नागपोखरी ।
गहना पोखरी जस्तै, टौ दहःएक पोखरी ।।६।।
म भन्छु पोखरा भित्र, पोखरी हैन ताल छ ।
तेसकै भरमा भन्छु, पोखरा चै बबाल छ ।।७।।
नारायण प्रसाद बराल, पोखरा ।। १ जेष्ठ,०७७
Facebook Comment