कोरोनाको आशंकामा क्यारेन्टाइनमा बसेका किशोरकाे सर्पले टोकेर मृत्यु

डिसी नेपाल
३ जेठ २०७७ १२:२२

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ।

महामारी नियन्त्रणका लागि शहरबाट गाउँ फर्किएका मजदूर तथा यात्रुलाई यतिबेला क्वारेन्टाइनमा राखिएको छ।

यसै क्रममा भारतकाे एउटा गाउँमा शहरबाट फर्किएका एक किशोरलाई कोरोनाको आशंकामा गाउँकै एक स्कुलको क्वारेन्टाइनमा राखिएको थियो।

क्यारेन्टाइनमा बसेका ती युवकलाई सर्पले डस्दा केही घण्टामै ज्यान भएको छ।

घटना भारतको उत्तर प्रदेशस्थित गोंडा जिल्लाको हो। लकडाउनकै क्रममा हरियाणाको कैथलदेखि आएका उक्त परिवारका सदस्य गाउँकै स्कुलमा क्वारेन्टाइनमा बसे।

जहाँ बिहीबार राति एक १६ वर्षीया किशोरलाई सर्पले डस्यो। जनको उपचारका क्रममा केही घण्टामै मत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गोंडाको वजीरगंजको इमलियामा गाउँको एक सरकारी स्कुल छ। लकडाउनमा हरियाणाबाट गाउँ फर्किएपछि उनीहरु एक परिवारका केही सदस्य क्वारेन्टाइन बसेका थिए।

जहाँ राति १२ बजे महेन्द्र कुमार नामका किशोरलाई सर्पले टोक्यो। सर्पले टोकेपछि क्वारेन्टाइनमा हंगामा मच्चियो।

आफैँलाई टोकेको सर्पलाई ति किशोरले नियन्त्रणमा लिएका थिए । तर त्यस लगत्तै त्याहाँ आएका केही व्यक्तिहरुले त्यो सर्पलाई मारे र एम्बुलेन्स बोलाए ।

एम्बुलेन्स आउन ढिला भएपछि मोटरसाईकलमा हालेर अस्पताल लगिएका उनको अस्पताल पुर्याएको केही समयमै ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *