ला लिगा हुने भएपछि मेस्सीले भने : म फेरि खेल्न उत्साहित छु
![ला लिगा हुने भएपछि मेस्सीले भने : म फेरि खेल्न उत्साहित छु](https://www.dcnepal.com/wp-content/uploads/2020/05/gzuddxhx4evpfd5q5ean.jpg)
काठमाडौं । बार्सिलोनाका स्टार फुटबलर लियोनेल मेसीले भनेका छन् कि यदि अर्को महिना ला लिगा भयो भने उनीहरू अन्य खेलाडीहरूसँग सहज महसुस गर्नेछन्। स्पेनिश ला लिगाका अध्यक्ष जेभियर तेबासले जुन १२ मा खेल पुनः सुरु गर्नका लागि सही समय भएको बताएका छन। कोरोना भाइरस संक्रमित भेटिएपछि स्पेनमा पाँच खेलाडीहरू क्वारेन्टाइनमा पठाइएको छ। अन्य खेलाडीहरूले व्यक्तिगत प्रशिक्षण सुरु गरेका छन्।
मेस्सीले भने, “संक्रमणको जोखिम जताततै छ। जब तपाईं घरबाट बाहिर निस्कनुहुन्छ त्यहाँ जोखिम हुन्छ, त्यसैले मलाई लाग्छ कि यस बारेमा धेरै सोच्नुहुँदैन, किनभने त्यसो भए तपाईं कतै जान चाहनुहुन्न।” यसै बिच अष्ट्रेलियाली फुटबल लिग ११ जुनदेखि शुरू हुने भएको छ। लिग गत मार्चदेखि स्थगित गरिएको थियो। क्लबमा आबद्ध सम्पूर्ण खेलाडीहरूले २५ मे देखि पुन प्रशिक्षण सुरु गर्नेछन्।
अर्जेन्टिनी खेलाडी मेस्सीले भने, “तर हामीले प्रोटोकोलको अनुसरण गर्दै सबै सुरक्षाका उपायहरु अपनाउनु पर्छ। अभ्यासमा फर्कनु पहिलो चरण हो तर हामी ढुक्क हुनुहुदैन र हामीले सबै आवश्यक सावधानी अपनाउनुपर्नेछ। व्यक्तिगत रूपमा, म खेल संचालनको लागि धेरै उत्साहित छु। हामीलाई थाहा छ स्टेडियममा सबै खेल दर्शकबिना हुनेछ, जुन अलि अनौंठो हुनेछ।”
Facebook Comment