२८ वर्षका पाकिस्तानी डाक्टर अमेरिकामा आतंकवादी ठहर
वाशिङटन। अमेरिकी अदालतले एक पाकिस्तानी डाक्टरलाई आतंकवादमा सहभागी भएको दोषी ठहर गरेको छ । मुहम्मद मसूद आइएसआइएसको सम्पर्कमा रहेको र अमेरिकामा आक्रमण गर्न चाहेको अदालतले ठहर गरेको हो । मिनियापोलिस सेन्ट पल अन्तर्राष्ट्रिय विमानस्थलबाट मार्च १९ मा मसूदलाई गिरफ्तार गरिएको थियो । उनी एच वन बी भिसामा अमेरिका गएका थिए । उनी रचेस्टरको एक मेडिकल क्लिनिकमा रिसर्च कोअर्डिनेटरको रुपमा कार्यरत थिए ।
अदालतमा पेश गरिएका दस्तावेजका अनुसार मसूदले जनवरीदेखि मार्चसम्म कैयौं पटक आइएसआइएस आतंकवादीहरुसँग कुरा गरेका थिए । सिरिया गएर आतंकवादी संगठनको लागि लड्ने इच्छा देखाएका थिए । उनले एक्लै अमेरिकामा आक्रमण गर्ने भनेका थिए । मसूदले २१ फेब्रुअरीका लागि शिकागोबाट अम्मानको लागि हवाइ टिकट किनेका थिए । त्यहाँबाट उनी सिरिया जान चाहन्थे ।
१६ मार्चमा योजना परिवर्तन गर्नु पर्यो किनकि जोर्डनले कोरोनाभाइरसका कारण अन्य देशबाट आउने उडान बन्द गरिदियो । त्यसपछि मसूदले किनियापोलिसबाट जल एन्जल्स जाने योजना बनाए । त्यहाँबाट कसैको सहयोगमा उनी कार्गो पानीजहाज चढेर सिरियातर्फ जान चाहन्थे । १९ मार्चमा मसूद रचेस्टरबाट मिनियापोलिसको सेन्ट पल विकानस्थल पुगे । उनी त्यहाँबाट लस एन्जल्स जान चाहन्थे तर विमानस्थलमा चेक इन गर्नासाथ एफबीआइको ज्वाइन्ट टेरोरिजम टास्क फोर्सले गिरफ्तार गर्यो ।
Akhir pakisthani na ho