१० दिनमा पूरै शहरका जनताको कोरोना परीक्षण गर्ने लक्ष्य तर जनता घरबाहिर निस्कनै मानेनन्

डिसी नेपाल
३ जेठ २०७७ १४:१८

काठमाडौं। चीनको वुहान शहरबाट कोरोनाभाइरस फैलिन सुरु भएको थियो । यहाँ लकडाउन समाप्त भइसकेको छ तर संक्रमणको दोस्रो क्रममा ६ जना नयाँ संक्रमित देखिएका छन् । नयाँ संक्रमण देखिएपछि सरकारले पूरै शहरका १ हरोड १० लाख जनताको कोरोना परीक्षण बुधबारदेखि सुरु गरेको छ । वुहानमा अहिलेसम्म संक्रमणका ५० हजार केस आइसकेका छन् । ३ हजार ८ सय जनाको मृत्यु भइसकेको छ । परीक्षणको उद्देश्य लक्षण नदेखिएका संक्रमितको पहिचान गर्नु हो ।

स्थानीय प्रशासनले परीक्षणलाई १० दिनको लडाइँ नाम दिएको छ । तर यसमाथि स्थानीय स्तरमै प्रश्न पनि उठाइएका छन् । हेल्थ डेली अखबारका अनुसार १० दिनमा सबै टेस्ट पूरा गर्नको लागि दैनिक करिब ७ लाख ३० हजार टेस्ट गर्नुपर्ने हुन्छ जबकि १ दिनमा अधिकतम १ लाख मात्र टेस्ट गर्न सकिन्छ । धेरै केस आएपछि दक्षिण कोरियाले मार्चमा दैनिक २० हजार टेस्ट मात्र गर्न सकेको तर्क दिइएको छ ।

वुहान शहरका डिप्टी मेयर ली क्वियांगले पनि गत महिना शहरमा ५३ स्थानमा दैनिक ४६ हजार टेस्ट गर्न सकिने बताएका थिए । यस्तोमा १० दिनमा सबैको टेस्ट हुन सक्छ भन्नेमा आशंका छ । स्थानीय मिडिया रिपोर्टका अनुसार वुहानमा पहिलो चरणमा ४० देखि ५० लाख जनाको जाँच भइसकेको छ । युहान युनिभर्सिटीका डिप्टी डाइरेक्टर यांग झान्कीका अनुसार बाँकी ६० लाखको जाँच सम्भव छ ।

सरकारले परीक्षणको लागतलाई स्वास्थ्य बीमासँग जोडिदिएको छ । यस्तोमा करिब १७ अर्ब रुपैयाँ बराबरको खर्च सरकारले ब्यहोर्नेछ । यद्यपि लकडाउन खुलेपछि पनि मानिसहरु घरमै बस्न चाहिरहेका छन् । यस्ता मानिसहरुले लाइनमा बस्दा कोरोना संक्रमण सर्न सक्ने खतरा भएको तर्क गरेका छन् । सरकारले भने मिडिया, सामाजिक संजाल आदिबाट जनतालाई परीक्षण गराउन प्रोत्साहित गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *