भारतमा २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित फेला, ११८ को मृत्यु
काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) ले महामारीको रुप लिएको छ । सबै प्रदेश र जिल्लामा देखिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै नागरिक संक्रमित भएका छन् ।
शनिबार भारतमा ४ हजार ८ सय ७१ जना नयाँ संक्रमित थपिएका हुन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्इा ९० हजार ६४८ पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यस्तै, कोरोना भाइरसकै कारण शनिबार मात्रै भारतमा ११८ संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै भारतमा कोरोनाका संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ८७१ पुगेको वल्डोमिटरले जनाएको छ ।
संक्रमित मध्ये ३४ हजार २२४ संक्रमितको उपचार सफल भएको छ ।
उसका अनुसार, भारतमा हालसम्म २१ लाख ३४ हजार २७७ को कोरोना परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment