रुपैडिया नाकाबाट आएका २८ जनालाई क्वारेन्टाइनमा राखिजे
खलङ्गा । रुपैडिया नाकाबाट आएका जुम्लाका २८ जनालाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिने भएको छ ।
जिल्लाको नाग्म सिमानामा आउनेबित्तिकै नेपाली सेना र जिल्ला प्रहरीद्वारा स्कर्टिङ गरेर कडा सुरक्षाका साथ सिधै क्वारेन्टाइनमा राखिने जनस्वास्थ्य कार्यालय प्रमुख कृृष्ण सापकोटाले बताए ।
प्रदेश राजधानीबाट मुगु र डोल्लाका नागरिक पनि जिल्ला प्रवेश गर्ने प्रमुख नाका जुम्लाको नाग्म भएर जिल्लामा प्रवेश गर्ने भएकाले चुनौती थपिएको छ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले लकडाउन र नाका प्रवेशमा कडाइ गरिएका कारण जोखिम रोकथाममा सफलता मिले पनि भारतबाट आउने क्रम शुरु भएपछि चुनौती थपिएको बताए ।
“उताबाट आएका मान्छेको परीक्षण चुस्त बनाउनुका साथै लकडाउनलाई कडा पार्नुपर्छ, कर्णालीको केन्द्र सुर्खेत भएकाले प्रदेश सरकारले पनि यहाँका लागि विशेष योजना बनाउनुपर्छ”, प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भने ।
भारतबाट आएका कर्णालीका नागरिकलाई प्रदेश नं ५ सरकारले र्यापिड परीक्षणपछि जिल्ला प्रशासन कार्यालयको निगरानीमा जिल्ला जिल्ला पठाउन शुरु गरिएको छ।
बाँके प्रशासनले उनीहरूलाई सम्बन्धित प्रमुख जिल्ला अधिकरीसँग समन्वय गरेर फर्काउन शुरु गरिएको जानकारी गराएको छ ।
यता कर्णाली प्रदेश सरकारले भारत उत्तरप्रदेशको बाबागञ्ज क्वारेन्टाइनमा १४ दिन बसेर फर्केकासहित विभिन्न ठाउँबाट २०० बढी नागरिकलाई स्वास्थ्य जाँचसहित सुर्खेतको क्वारेन्टाइन र क्वारेन्टाइन नपुगेकाका लागि उचित व्यवस्थापनसहित जिल्लामा पठाउने तयारी गरेको छ।
Facebook Comment