चीनले कोरोनाभाइरसको सुरुवाती नमूना नष्ट गरेको स्वीकार गर्यो
काठमाडौं। चीनले कोरोनाभाइरसको सुरुवाती नमूना नष्ट गरेको स्वीकार गरेको छ । अमेरिकाले लगातार चीतमाथि सुरुवाती चरणमा भाइरससम्बन्धी जानकारी लुकाएको आरोप लगाएको थियो । आरोपको पुष्टि गर्दै चीनले सुरुवाती नमूना नष्ट गरेको स्वीकार गरेको हो । गत महिना अमेरिकी विदेश मन्त्रीले चीनले नमूना नष्ट गरेको आरोप लगाएका थिए ।
न्यूजवीकका अनुसार शुक्रबार चीनको नेशनल हेल्थ कमिशनका सुपरभाइजर लिउ डेंगफेंगले स्वीकार गरेका छन् कि ३ जनवरीमा चीन सरकारले अनाधिकृत प्रयोगशालाबाट कोरोनाभाइरसको नमूनाहरुलाई नष्ट गर्न आदेश दिएको थियो । चिनियाँ अधिकारीहरुले चीनले केही लुकाउनको लागि ती नमूनाहरु नष्ट गरेको भन्ने आरोपको भने खण्डन गरेका छन् ।
लिउ डेंगफेंगले भने ‘प्रयोगशालामा बायोलोजिकल सुरक्षा र अगाडि कुनै अर्को दुर्घटना नहोस् भन्नका लागि भाइरसलाई नष्ट गर्न भनिएको थियो ।’ चीनको नेशनल हेल्थ कमिशनका अधिकारीहरुले बेइजिङमा शुक्रबार एक पत्रकार सम्मेलनमा भाइरसका नमूना नष्ट गरिएको जानकारी दिएका थिए । लिउ डेंगफेंगका अनुसार यस्ता नमूना राख्नको लागि ती प्रयोगशालाहरु अनाधिकृत थिए र चीनको स्वास्थ्य कानुनअनुसार उनीहरुले भाइरस नष्ट गर्नुपर्ने थियो ।
डेंगफेंगका अनुसार भाइरसका नमूना नष्ट गर्ने आदेश त्यतिबेला दिइएको थियो जतिबेला सार्स सीओभी २ लाई क्लास २ अर्थात अत्याधिक रोगजनक भाइरसको रुपमा बर्गीहरण गरिएको थियो गत महिना अमेरिकी विदेशमन्त्री मार्क पोम्पियोले तीन जनवररीको चीनको आदेश महामारीलाई लुकाउने चीनको प्रयास भएको आरोपलगाएका थिए । उनले चीनमाथि कोरोनाभाइरसका विषयमा भइरहेको अनुसन्धानलाई पनि सेन्सर गरेको आरोप लगाएका थिए ।
Facebook Comment