डोनाल्ड ट्रम्पमाथि खनिए बाराक ओबामा

डिसी नेपाल
४ जेठ २०७७ १५:१८

काठमाडौं। कोरोनाभाइरससँग जुध्ने तरिकाका विषयमा विश्वभर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना भइरहेको छ । यही बीचमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा पनि ट्रम्पप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । ओबामाले ट्रम्पको आलोचना गर्दै ट्रम्पले के गरिरहेका छन् भन्ने उनी आफैंलाई थाहा नभएको टिप्पणी गरे ।

द गार्डियनको रिपोर्ट अनुसार कलेज र विश्वविद्यालयमा अध्ययनरत अश्वेत विद्यार्थीहरुको दीक्षान्त समारोहलाई अनलाइन सम्बोधन गर्दै ओबामाले भने ‘ट्रम्प प्रशासनका कैयौं अधिकारीहरु त देखाउन मात्रको लागि पनि जिम्मेवारी उठाइरहेका देखिएका छैनन् ।’ यो महामारीबाट पूर्ण रुपमा प्रस्ट भइसकेको छ कि जिम्मेवार पदमा बसेका धेरै व्यक्तिहरुले आफूले के गरिरहेको छु भन्ने थाहा पाएका छन् । उनीहरुमध्ये कैयौं व्यक्तिहरु त देखावटी रुपमा पाि आफू कुनै कुराको लागि जिम्मेवार भएको जस्तो गरिरहेका छैनन् ।’ आफ्नो पूरै सम्बोधनमा ओबामाले डोनाल्ड ट्रम्प वा कुनै अधिकारीको नाम लिएनन् तर उनीहरुको कडा आलोचना गरे । २०१७ मा ह्वाइट हाउस छोडेपछि ओबामा शान्त थिए । तर, पछिल्लो समय उनी ट्रम्पको कडा आलोचना गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *