चन्द्रागिरि नपामा घर बाहिर निस्कन पूर्ण प्रतिबन्ध

डिसी नेपाल
४ जेठ २०७७ १५:३०

काठाडाैं। चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन क्वारेन्टाइन निर्माणलाई प्राथमिकता दिएको छ। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको सो नगरपालिकाभित्र कोरोना सङ्क्रमित बढेसँगै क्वारेन्टाइन थप गर्न लागेको हो।

नगर प्रवक्ता हरिभक्त महर्जनले क्वारेन्टाइनको क्षमता विस्तार गर्न लागिएको जानकारी दिए। नगरपालिकामा हाल ४० श्ययाको क्वारेन्टाइन तयारी अवस्थामा गरेको छ। चन्द्रागिरि अस्पतालमा १५ र चुनदेवी माध्यमिक विद्यालय थानकोटमा २५ श्ययाको रहेको छ। नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय र मनमोहन अस्पताल दहचोकमा क्वारेन्टाइन विस्तार गर्न लागेको छ।

हाल चन्द्रागिरिमा कोरोना सङ्क्रमित देखिएका व्यक्तिलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको अस्पतालमा उपचार गरिँदै आएको छ। हालसम्म सो नगरपालिकामा पाँचजनालाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको जनाइएको छ।

नगरपालिकाले हालसम्म ४८५ व्यक्तिमा कोरोना परीक्षण गरिसकेको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकालाई यही जेठ ७ गतेसम्म सिल गरिएको छ।

नगरपालिका सिल गरेसँगै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पूर्ण प्रतिबन्ध गरिएको छ । सशस्त्र प्रहरी अस्पतालमा १२० क्षमताको आइसोलेशन वार्ड स्थापना गरी कोरोना सङ्क्रमितको उपचार गरिँदै आएको छ। कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको जोखिम हुन नदिन सरकारले २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन जारी गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *