बाँकेको क्वारेन्टिनमा मृत्यु हुनेमा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या २ पुग्यो

डिसी नेपाल
४ जेठ २०७७ १६:३७

काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । भारतबाट आएर बाँकेको क्वारेन्टिनमा बसेका २५ वर्षीय युवाको आइतबार बिहान मृत्यु भएको थियो । उनमा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि, सिन्धुपाल्चोककी २९ वर्षिया सुत्केरी महिलाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *