लकडाउनपछि काठमाडौको सडकमा पहिलो पटक नेपाली सेनाको चेकजाँच

डिसी नेपाल
४ जेठ २०७७ २०:१३

काठमाडौं । लकडाउनको बेला काठमाडौको सडकमा पहिलो पटक नेपाली सेनाले चेकजाँच शुरु गरेको छ । काठमाडौ उपत्याका र बाहिर सैनिक पोशाकको दुरुपयोग भएको भन्दै नेपाली सेनाले उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाच सुरु गरेको हा। सैनिक पोशाक लगाएर विभिन्न व्यक्तिहरु हिड्न थालेको र उनीहरुले टाढादेखि मानिसहरु काठमाडौमा ल्याएको भन्ने जानकारी पाएपछि उनीहरुमाथि माथी निगरानी तथा सैनिक पोशाकको दुरुपयोग हुन नदिने उद्देश्यका साथ सेनाले चेकजाँच सुरु गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उपत्यका भित्रका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीसंगको समन्वयमा आईतवार सैनिक सवारी साधन र सैनिक पोशाक लगाउने सैनिक व्यक्तिहरुको चेकजाँच गरिएको थियो ।

चेकजांचको क्रममा दोलखा जिल्ला घर भई हाल बांसबारीमा होटल व्यवसाय गर्दै आएका गैर सैनिक शुशिल खड्का प्रक्राउ परेका छन् । उनले सैनिक पोशाक लगाई सवारी साधन प्रयोग गरी बाँसबारीतर्फ जाने क्रममा सोधपुछ गर्दा निजले आफु गैर सैनिक व्यक्ति भएको बताएको सेनाले जनाएको छ ।

अनुसन्धानको सिलसिलामा खड्का नेपाली सेनाको सैन्य आधार तालिममा रहँदा २०६८ सालमा भगौडा परेको भनि खुल्न आएकोले उनलाई सैनिक प्रहरी गणमा निगरानीमा राखी आवश्यक कारवाही अघि बढाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *