सूचना लुकाउने घरबेटीलाई कारवाही

डिसी नेपाल
४ जेठ २०७७ २२:३२

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं १३ ले वडाभित्र काठमाडौँ उपत्यका बाहिरबाट आएका व्यक्तिको सूचना लुकाउने घरबेटीहरुलाई कारवाही गर्ने भएको छ ।

वडा कार्यालयले सूचना जारी गरी होटल र भट्टी पूर्णरुपमा बन्द गर्न आह्वान गर्दै खाद्यान्न पसल बिहान ९ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म मात्र खोल्न दिइने बताएको छ । साथै सबै खाद्यान्न, मासुजन्य र तरकारी पसलमा मूल्यसूची ग्राहकले देखिने गरी टाँस गर्न पनि अनुरोध गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *