आज सोमबार, कति शुभ छ तपाईको दिन ?

डिसी नेपाल
५ जेठ २०७७ ६:१५

आज मिति २०७७ साल जेष्ठ ५ गते सोमबार । तदनुसार १८ मे सन् २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४० बछलागा, प्रमादी उत्तरायण, ज्येष्ठ कृष्णपक्ष, एकादशी, १५ः५९ बजे उप्रान्त द्वादशी तिथि ।

आजको ग्रहफल

मेष
आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला । आफन्तबाट धोका हुन सक्ला । जागिरमा पदोन्नतति होला ।विलासिताका सामान प्राप्त हुने योग छ । सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ ।

बृष
प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ । अध्ययनमा रुची बढ्ला । बौद्धिकताको प्रसंशा हुनेछ ।

मिथुन
आकस्मिक लाभको सम्भावना । अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला । खर्च बढ्नेछ । अध्ययनमा बाधा । धन आर्जन गर्न कडा मेहनत ।

कर्कट
मन अस्थिर रहनेछ । पराक्रम घट्नेछ । धार्मिक आस्था घट्नेछ । यात्रामा बाधा ।अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।

सिंह
आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ । मान सम्मान मिल्नेछ । व्यवसायमा लाभ ।

कन्या
राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ । आत्मविश्वास बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । नयाँ कामको अवसर मिल्नेछ । व्यापारमा हानी हुने योग छ ।

तुला
मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अध्ययनमा रुची बढ्ला । नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । नोकरीमा प्रशंसा हुनेछ । पारिवारिक सुख प्राप्ति ।

बृश्चिक
मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ ।

धनु
पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । काममा प्रशंसा हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । आकस्मिक धन लाभको सम्भावना।

मकर
अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । मानसिक चिन्ताले सताउला । काममा अवरोध । सहयाेगी प्रशस्त हुनेछन् । घरमा कलह बढ्ला । निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ ।

कुम्भ
धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । पारिवारिक समस्या हट्नेछ ।सन्तानबाट चिन्ता थपिनेछ । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ ।

मीन
आर्थिक क्षेत्रमा विवाद बढ्ला । चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद । सफलता मिल्नेछ । मिष्ठान्न भोजन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *